Logo

दशैंमा गाडी किन्ने योजना छ ? यस्ता छन् विभिन्न ब्राण्डका गाडीमा ‘फेस्टिभ अफर’

दशैंमा गाडी किन्ने योजना छ ? यस्ता छन् विभिन्न ब्राण्डका गाडीमा ‘फेस्टिभ अफर’



काठमाडौं । दशैं सुरु हुने अब एक दिनमात्रै बाँकी छ । बिहीबारदेखि दशैंको घटस्थापना सुरु हुँदैछ । दशैंपछि आउने अर्काे ठुलो चाड तिहार र छठ पनि उत्तिकै महत्वपूर्ण छन् । यी चाडहरुमा धेरैजसो नेपालीहरुले घरमा नयाँ सम्पत्ति र भौतिक चीजहरु जोड्ने गर्दछन् । जसमा गाडी पनि एक हो । अहिलेको समयमा अत्यावश्यकजस्तै भएको निजी सवारीसाधन जोड्ने धोको जोकोहीलाई हुन्छ । तर, त्यो खरिद गर्ने उचित समय अर्थात व्यापारीहरुले खरिदकर्ताका लागि दिईने विभिन्न अफरहरु दिने समयलाई उचित समय मान्न सकिन्छ ।

यसपटकको चाडपर्वमा गाडी विक्रेताहरुले ग्राहक रिझाउनका लागि विभिन्न किसिमका आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । गाडी खरिद गर्दा मा आफुलाई आवश्यक पर्ने र राम्रो लाग्ने ब्राण्ड र अफरहरु चयन गरेर गाडी खरिद गर्न सहयोग होस भन्ने हेतुले हामीले यहाँ विभिन्न ब्राण्डले घोषणा गरेका फेस्टिभर अफरहरुबारे जानकारी दिएका छौं ।

हुन्डाईको ‘हुन्डाई डिलाइट फेस्टिभ’ योजना

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चालु बर्षको दशैंलगायतका चाडपर्वका लागि भन्दै ‘हुन्डाई डिलाइट फेस्टिभ’ अफर सार्वजनिक गरेको छ । कम्पनीले बम्पर उपहारमा भेन्यु कार दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीको योजनाअन्तर्गत गाडी किन्ने ग्राहकले १० लाख क्यास छुट पनि पाउनेछन् । यस्तै स्क्र्याच कार्डमार्फत १ लाख अतिरिक्त छुट, एक वर्षसम्मको निःशुल्क बीमा र सडक दस्तुर छुट दिईरहेको पनि कम्पनीले जानकारी दिएको छ । चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ल्याएको दशैं अफरमा हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

सुजुकी पर्वाेत्सव अफर

नेपालमा सुजुकी कारको आधिकारिक वितरक सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं–तिहारलाई सुजुकी पर्वाेत्सव अफर सार्वज्निक गरेको छ । कम्पनीले उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिज पाउन सक्ने जानकारी दिएको छ । योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरकफरक किसिमका छुटहरू लागू हुने कम्पनील जनाएको छ ।

टाटा मोटर्सको विदेश घुमाउने अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दशैं लक्षित विदेश घुमाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको योजना अन्तर्गत टाटाको प्रत्येक कमर्शियल गाडी खरिदकर्ताले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक लिन सक्नेछन् । योजनामा होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रीज, एसी, टीभी, माइक्रो वेभ राखिएको छ भने ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच समावेश गरिएको छ । यस्तै टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप जान सकिने कम्पनीले जानकारी दिएको छ । यसका साथै ग्राहकहरूले यो चाडपर्वको अवसरमा गाडी बुकिङ गर्दा मात्रै पनि स्मार्ट वाच वा इयरपड प्राप्त गर्न सक्नेछन् । सिप्रदीका अनुसार टाटाका जुनसुकै मोडलका गाडीको खरिदमा उक्त अफर लागू हुनेछ । आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दशैं लक्षित यो योजना असोज १४ गतेसम्म लागू हुनेछ ।

एमजीको १०० गाडीमा ६ लाख छुट

पारामाउन्ट मोटर्सले एमजी गाडीको खरिदमा ६ लाख छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले एमजी जेडएस ईभीको १०० वटा गाडीमा ६ लाख छुटको योजना ल्याएको हो । यसअघि ५२ लाख ९९ हजार पर्ने जेडएस ईभीलाई अफरअन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । त्यसका साथै कम्पनीले वुलिङ ईभी किन्दा २ लाख छुट दिने भएको छ । ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई ग्राहकले दसैँ तथा तिहार अफरमा २९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् ।

होण्डाको ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ योजना

होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कारको खरिदमा ५ लाखसम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र निःशुल्क करको सुविधा पाउनेछन् । साथै ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि निःशुल्क दिइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउने योजना ल्याएको छ ।

निसानको ‘निसान फेस्टिभ डिल’ योजना

निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘निसान फेस्टिभ डिल’ योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्षित उक्त अफरमा कम्पनीले निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल मोडलका गाडीमा विशेष छुट प्रदान गर्ने बताएको छ ।
यसअन्तर्गत निसान गाडी बुकिङ गर्ने ग्राहकलाई १ वर्षको गाडी बीमा, ३ वर्षको सडक कर र ३ वर्षको सर्भिसिङ निःशुल्क उपलब्ध हुनेछ । यस्तै गाडीको खरिदमा ३ वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुट उपलब्ध हुने कम्पनीले जानकारी छ । निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिलका सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

सिट्रोन गाडीको नयाँ अफर : गाडी किन्दा पेट्रोल फ्री

नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ को खरिदमा नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ र तिहारलाई लक्षित गरी पेट्रोल कार सी ३ खरिद गर्ने ग्राहकले चार वर्षका लागि निःशुल्क पेट्रोल, ४ वर्षका लागि निःशुल्क मर्मतसम्भार, १ वर्षका लागि निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करको सुविधा पाउने बताएको छ । यस्तै ग्राहकले यो कार खरीद गर्दा ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्ने कम्पनीले जानकारी दिएको छ । विद्युतीय कार ईसी ३ साइनको खरीद पनि कम्पनलिे विशेष नगद छुटको व्यवस्था गरेको छ । जसमा निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करलगायत सुविधा प्रदान गरिएको छ । कम्पनीले यसलाई प्रीबजेट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।

फक्सवागन गाडी खरिदमा १० लाखसम्मको फाइदा

नेपालमा फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेशनलले फक्सवागन ब्रान्डको गाडी खरिदमा १० लाखसम्मको पाmईदा उठाउन सकिने योजना सार्वजनिक गरेको छ । कम्पनीले गाडी खरिदमा ४ लाख छुट दिने पनि घोषणा गरेको छ । ‘फक्सवागन फेस्टिभ फ्रिडम’ नाम दिईएको उक्त योजनामार्फत गाडी खरिदमा ४ लाख रुपैयाँ नगद छुट, ४ वर्षसम्मको निःशुल्क सर्भिस सुिवधा गरी समग्रमा१० लाख रुपैयाँसम्मको फाइदा उठाउन सकिने कम्पनीले जानकारी दिएको छ । यस्तै कमपनीले गाडी खरिदमा एक वर्षको सडक कर, निशुल्क एसेसरिज, स्पेयर पार्टस खरिदमा ३ वर्षसम्म १५ प्रतिशत छटको सुविधा र २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा पनि रहेको बताएको छ ।

वुलिङका गाडी किन्दा २ लाख छुट

नेपालमा वुलिङ ब्राण्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले २ लाख रुपैयाँ छुट दिनेगरी दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले हाल कम्पनीले ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको वुलिङ ब्राण्डको गाडीलाई दशैं, तिहार र छठ पर्वसम्म २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जानकारी दिएको छ ।

किया किन्दा ८ लाखसम्म फाईदा

नेपालमा किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले कियाका गाडी किन्दा ८ लाखसम्म फाईदा लिन सकिने सुविधा दिएको छ । दशैं, तिहार र छठलाई लक्षित गरी कम्पनीले गाडी खरिदमा ४ लाख रुपैयाँसम्मको नगद छुट ३ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा र एक वर्षको सडक कर र बीमा सुविधा निःशुल्क दिने बताएको छ । यी सबै सुविधा जोड्दा समग्रमा किया गाडीको खरिदमा ८ लाखसम्मको फाईदा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

ग्रेटवाल मोटर्सको ‘ग्राण्ड फेस्टिभ डिल’ योजना

नेपालमा ग्रेटवाल मोटर्सका गाडीको आधिकारिक वितरक भिजी इम्पेक्सले १ बर्षसम्मको निशुल्क बीमा सुविधा दिनेगरी ‘ग्राण्ड फेस्टिभ डिल’ नामक चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्रेटवाल मोटर्सका गाडी खरिदमा सडक कर र एसेसरिजसँगै सर्भिस पनि निशुल्क दिने जानकारी दिएको छ । यससँगै कम्पनीले गाडी खरिद गर्दा विशेष बोनसको व्यवस्था पनि गरेको जानकारी दिएको छ ।

नेटा सिरिजको गाडी खरिदमा बाली घुम्ने अवसर

नेपालमा नेटा सिरिजका गाडीहरुको आधिकारिक वितरक सिजि मोटर्सले दशैंमा ग्राहकहरूलाई लक्षित गर्दै नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ । विद्युतीय गाडी किन्न चाहनेहरूका कम्पनीले दुई मोडलका गाडीहरुमा आकर्षक अफरहरु ल्याएको हो । उक्त अफर अन्तर्गत नेटा भि किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउनेछन्, जसले गाडीको मूल्यमा ठूलो छूट ल्याउनेछ । साथै, आफ्नो पुरानो गाडी साटेर नयाँ नेटा भी किन्न चाहनेहरूका लागि थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको छ । यति मात्र होइन, नेटा भि खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउनेछन् । यस अफरले गाडी खरिदको आनन्दलाई झनै रमाइलो बनाउने कपमनीले जानकारी दिएको छ । साथै नेटा एक्स खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने छ ।

बिवाईडीका गाडी खरिदमा निःशुल्क बीमा

नेपालमा बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले पनि दशैँमा निशुल्क बीमा र चार्जर दिने अफर सार्वजनिक गरेको छ । कम्पनीले विवाईडीका गाडी किन्दा निःशुल्क बीमा तथा चार्जर दिनेगरी दशैंको अफर सार्वजनिक गरेको हो । विवाईडीको एटो थ्री र डल्फिनमा लागू हुने गरी कम्पनीले ल्याएको अफर अनुसार गाडी खरिदमा भेहिकल टु लोड र २.३ किलोवाटको ट्राभल चार्जर दिइनेछ । त्यसैगरी, एक वर्षसम्मको निःशुल्क बीमा सुविधा दिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्