Logo

बर्षाका कारण १७ अर्ब बढीको क्षति, कृषितर्फ मात्रै ६ अर्ब नोक्सान

बर्षाका कारण १७ अर्ब बढीको क्षति, कृषितर्फ मात्रै ६ अर्ब नोक्सान



काठमाडौं । गत हप्तादेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो । सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । उनका अनुसार २ सय २४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १ सय ५८ जना घाइते भएका छन् ।

बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ । कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्