Logo

मध्यपूर्वमा इजरायली आक्रमणले आपूर्ति ऋङ्खलामा प्रभाव, भारतीय आयातमा असर पर्दा नेपालमा इन्धन महँगिने

मध्यपूर्वमा इजरायली आक्रमणले आपूर्ति ऋङ्खलामा प्रभाव, भारतीय आयातमा असर पर्दा नेपालमा इन्धन महँगिने



काठमाडौं । मध्यपूर्वबाट कच्चा तेलको आपूर्तिमा अवरोध आउने सम्भावना बढेको छ । इरान समर्थित समूहमाथि इजरायलले आक्रमण गरेपछि यो चिन्ता बढेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको थियो । नोभेम्बर डेलिभरीको लागि ब्रेन्ट क्रुड फ्यूचर ०.२२ प्रतिशतले बढेर ४७२.१४ प्रति ब्यारेल पुगेको छ ।

यो सम्झौता सोमबार सकिएको छ र डिसेम्बर डेलिभरीको लागि ब्रेन्ट कच्चा फ्यूचर ०.१४ प्रतिशतले बढेर ४७१.६४ प्रति ब्यारेल पुगेको छ । युएस वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड फ्यूर्चस ०.१२ प्रतिशतले बढेर ४६८.२६ प्रति ब्यारेल पुगेको छ । कच्चा तेल विश्वव्यापी अर्थतन्त्रको लागि महत्वपूर्ण स्रोत हो । यो ऊर्जाको प्रमुख स्रोत मात्र होइन, यातायात, उद्योग र कृषि जस्ता विभिन्न क्षेत्रहरूमा पनि यसको व्यापक प्रयोग हुन्छ । धेरै देश आफ्नो उर्जाको आवश्यकताका लागि तेल उत्पादक मध्यपूर्वका देशरुमा निर्भर छन् ।

आक्रामकता बढ्दै

‘मध्यपूर्वमा भर्खरै भएका आक्रमणहरूले इरानलाई सीधै द्वन्द्वमा तान्न सक्ने चिन्ता बढाइरहेको छ,’ एएनजेड रिसर्चले एक नोटमा भन्यो । यसले ओपेक उत्पादकहरूबाट आपूर्ति अवरोधको ठूलो खतरा सिर्जना गरेको छ । इजरायलले आइतबार यमनमा हुथी विद्रोहीलाई लक्षित गरी बमबारी गरेको छ । यो इरानको आफ्ना सहयोगीहरूसँगको टकरावको विस्तार हो । यसभन्दा दुई दिनअघि लेबनानमा बढ्दो द्वन्द्वका बीच इजरायलले हिजबुल्लाह नेता सैयद हसन नसरल्लाहको हत्या गरेको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मध्यपूर्वमा आफ्नो उपस्थिति बढाउन सेनालाई अधिकार दिएका छन् । पेन्टागनले आइतवार भनेको छ कि यदि इरान, उसका सहयोगी वा समर्थकहरूले अमेरिकी कर्मचारी वा हितलाई निशाना बनाएमा वाशिंगटनले आफ्ना जनताको सुरक्षाका लागि हर सम्भव कदम चाल्नेछ । यी घटनाहरुले इन्धनको मूल्यमा दबाब बढेको छ । कारण यो हो कि ओपेक र ओपेक प्लसले डिसेम्बरमा प्रति दिन १८०००० ब्यारेल उत्पादन बढाउने योजना बनाएका छन् । यसका साथै लिबियाबाट तेल निर्यात पनि छिट्टै सुरु हुने अपेक्षा गरिएको छ ।

भारतमा असर

भारतले विश्वका धेरै देशबाट कच्चा तेल आयात गर्छ । अहिले यसमा सबैभन्दा ठूलो हिस्सा रुसको छ । भारतले कुल आयातको ३५ प्रतिशत रुसबाट आयात गरिरेको छ । भारतमा इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाले पनि तेल निर्यात गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको उतारचढावको प्रत्यक्ष असर भारतमा पर्ने गरेको छ । गत हप्ता, ब्रेन्ट क्रूड लगभग ३% र डब्लूटीआई लगभग ५% ले घट्यो ।

यो गिरावटको कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र र शीर्ष तेल आयातकर्ता चीनबाट वित्तीय प्रोत्साहनको बाबजुद मागमा कमीको चिन्ता कायमै रहनु भनिएको छ । तर, सोमबार भाउ भने बढेको देखिएको छ । यसको कारण मध्यपूर्वमा इरानसँगको बढ्दो तनाव हो । इरान ओपेकको प्रमुख उत्पादक र सदस्य हो । इजरायलले हिजबुल्लाह र हुथी जस्ता समूहहरूमाथि आफ्नो आक्रमणलाई तीव्र पारेको छ । इरानले यी समूहहरूलाई समर्थन गर्दछ ।

नेपालमा प्रभाव

नेपालले आफ्नो सबै इन्धन आयात भारतबाट गर्दै आएको छ । नेपालले भारतबाट प्रशोधित इन्धन आयात गर्ने गर्छ र भारतले हरेक अग्रेजी महिनाको १ र १६ तारिखमा इन्धनको मूल्य तय गरेर नेपाल इन्धन पठाउँछ । जुनसुकै कारणले पनि भारतले आयात गर्ने कच्च तेल महँगो भएमा नेपालले भारतबाट ल्याउने इन्धनको मूल्य पनि महँगिनेछ । यसकारण पनि आपूर्ति ऋङ्खलामा प्रभाव पर्दा नेपालजस्ता आयातमा निर्भर देशहरु सीधै प्रभावित हुनेछन् । इन्धनको मूल्य वृद्धि हुँदा अन्य सबै क्षेत्रमा प्रभाव पर्ने हुँदा समग्र बजारमा नै महँगी बढने जानकाररु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्