Logo

ओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो

ओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो



काठमाडौं । गत हप्तासम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुसम्म पुगेको सुनको मूल्य चालु हप्ता भने ओरालो लाग्ने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० हजारमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य मंगलबारको तुलनामा १५ रुपैयाँले घट्दै प्रतितोला १९ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्