Logo

मोटरसाइकल-स्कुटर किन्न चाहनेलाई दशैंमा फाईदै-फाईदा, गाडीदेखि विदेश भ्रमणसम्मको उपहार

मोटरसाइकल-स्कुटर किन्न चाहनेलाई दशैंमा फाईदै-फाईदा, गाडीदेखि विदेश भ्रमणसम्मको उपहार



काठमाडौं । नेपालीहरुको महान चाडमध्ये एक हो बडादशैं । यो चाड मात्रै नभई खुसीयाली बाँड्ने, नयाँ सम्पत्ति जोड्ने र घुमघाम गर्ने समय पनि हो । यहि बेलामा धेरैजसो नेपालीले नयाँ घरजग्गा जोड्ने, सुन खरिद गर्ने, सवारीसाधन भित्र्याउनेलगायतका काम पनि गर्छन् । खासगरी युवापुस्ताहरु दशैंमा नै मोटरसाइकल तथा स्कूटर खरिद गर्नेगरी तयारी अवस्थामा बसिरहेका हुन्छन् । कम्पनीहरुले पनि आफ्नो बजार प्रर्वद्धन र विक्री बढाउन यही समय पारेर मनै लोभ्याउने उपहारसहितका योजनाहरु सार्वजनिक गर्ने गर्दछन् । आज यो लेखमा हामी दशैंमा कुन कम्पनीको मोटरसाइकल–स्कूटर किन्दा कति छुट र अन्य सुविधा के पाईन्छन् भन्नेबारे चर्चा गर्नेछौं ।

होन्डाको ‘खुसीयाली बारबार’ योजना

नेपालमा दशैं, तिहार र छठलाई लक्षित गर्दै स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ जित्न सक्नेछन । यसका साथै ‘चुज योर स्किम’अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मकोे थप स्क्र्याच कार्ड, साढे १२ हजारबराबरको पाँचवर्षे एएमसी प्याकेज वा बाई वन गेट वान सर्भिसिङ सात वर्षसम्म सित्तैमा पाउन सक्ने बताइएको छ । साथै, होन्डाको बिग बाइक्समा एक लाखसम्म छुट पनि ग्राहकले पाउनेछन ।

हिरोको ‘एक्कासी मालामाल’ अफर

नेपालमा हिरोको आधिकारिक वितरक सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा ‘एक्कासि मालामाल’ अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ । कम्पनीले ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

टिभीएसले ल्यायो ‘नयाँ युगको आरम्भ’

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं, तिहार र छठलाई लक्षित गरी ‘नयाँ युगको आरम्भ’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर किन्दा १० लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसका लागि ग्राहकले टीभीएस नेपालको दसैं लेखिएको वेबसाइटमा गएर किन्दा पाँच लाख र खरिदपछि १० लाख रुपैयाँसम्म जित्न सक्नेछन् । उक्त योजनामा ग्राहकले हरेक साता शतप्रतिशत क्यासब्याकको अवसरसमेत पाउनेछन ।

सुजुकीको ‘दशैं आयो क्यास पायो’ अफर

नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबामाइल्सले पनि दशैं तिहार र छठलाई लक्षित गरी ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास पाउनेछन् । साथै कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनीय कायम गर्न पाँच वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ । अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा पाँच वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

यमाहाको ‘विगेस्ट दशैं’ अफर

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामक उक्त योजना अन्तर्गत अफर अवधिभर यमाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्ने छन् । यस्तै कम्पनीले यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा १० वर्षको वारेन्टी पनि जारी गरेको छ । यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ ।

बजाजको ‘क्यास सफारी’ योजना

बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्नो मोटरसाइकलमा ‘क्यास सफारी’ अफर दिएको छ । कम्पनीले ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा ल्याएको हो । यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ । त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी गराउने भएको हो । यस स्कीममा बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् भने पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् ।

बेनेलीको ‘चढौं बेनेली, बाँडौं खुसी’ अफर

नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले दशैं तथा तिहारको विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अफरमा बेनेली बाइकको खरिदमा खरिदकर्ताले १ लाख रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । अफरमा यस अफरमा बेनेली पानारिए १२५ सीसी बाइक दुई लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ । बेनेली १८०एस तीन लाख ३० हजारमा किन्न सकिनेछ । थप रूपमा ग्राहकहरूले बेनेली ब्रान्डको हेलमेटको बजार मूल्य १२ हजार छ । पुरानो बाइक साटफेर गर्दा अतिरिक्त ३० हजार रुपैयाँको मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ ।

भेस्पाको ‘खुसी ३ गुणा’ अफर

नेपालमा भेस्पा र अप्रिलिया ब्राण्डका आधिकारिक विक्रेता डेल्टा अटोकर्पले यसपालीको दशैंक र तिहारलाई लक्षित गरी खुीि ३ गुणा अफर सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले तीन प्रकारको उपहार पाउने कम्पनीले जनाएको छ । ग्राहकले हरेक भेस्पा र अप्रिलियाको खरिदमा ग्राहकले १० हजारदेखि ७५ हजारसम्म नगद छुट र ६ हजार रुपैयाँ बराबरको स्मार्टवाच पाउनेछन । कम्पनीको उक्त योजना अनुसार ग्राहकले थप लक्की ड्रमार्फत अनरको स्मार्टफोन र बम्पर उपहारमा एक जोडीले चार रात पाँच दिनका बाली भ्रमण घुम्ने अवसर पाउनेछन ।

लुयानको ‘दशैं तिहार तथा छठ धमाका’ अफर

चीनमा निर्मित गुणस्तरीय र विश्वप्रसिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरू नेपालमा आधिकारिक वितरकको रूपमा बिक्री वितरण तथा बिक्री पछिको सेवा दिँदै आइरहेको छ । राजधानीका ३ वटै जिल्लाहरू लगायत राजधानी बाहिरका विभिन्न प्रमुख सहरहरूमा रहेका डिलरहरू मार्फत लुयान ब्राण्डका स्कुटरहरूको बिक्री वितरणको व्यवस्था मिलाएका हो । यसै सिलसिलामा हामीले आज असोज ०२ गते बुधवारदेखि यही कार्तिक मसान्तसम्म लागु हुने गरी लुयान दशैं तिहार तथा छठ धमाका अफर शुरु गरेका छन् । लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै यो अफर सञ्चालन गरिएको हो ।

यस अफर अन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद १० हजार रुपैयाँ छुट सहित अन्य सुविधाहरू समेत प्राप्त गर्न सक्नेछन् । एउटा प्रिमियम हेलमेट, बीमा तथा नामसारी खर्च समेत ग्राहकले निःशुल्क प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षको कर, ६ पटकसम्म फ्री सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरूले प्राप्त गर्नेछन् । यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ । यो स्किम हाम्रो मुख्य शोरुम नागपोखरी, काठमाडाैं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरूबाट पाउन सकिनेछ । लुयान ब्राण्डका हरेक स्कुटरहरूमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।

सिएफमोटो र जिहो ब्रान्डको चाडपर्व अफर

नेपालका लागि सिएफमोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्रान्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । दशै, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा ल्याइएको सो अफर अन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन् । सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ । जिहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ ।

त्यसैगरी एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ । यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ । यो अफर असोज १ देखि लागू भएको छ र आगामी कात्तिक २५ गते सम्म उपलब्ध हुनेछ । ऋषि ट्रेड सेन्टरका काठमाडौं उपत्यकामा रहेका नक्साल, झम्सिखेल र सल्लाघारी तथा उपत्यका वाहिर हेटौंडा र त्रिशुली बट्टारस्थित शोरुमबाट बाइक वा स्कुटर लिदा यो अफर प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्