Logo

प्रतितोला १ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

प्रतितोला १ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० हजार ५ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्