Logo

३६ घण्टापछि पन्छाइयो झ्याप्ले खोलाको पहिरो, दुईतर्फी खुल्यो राजमार्ग

३६ घण्टापछि पन्छाइयो झ्याप्ले खोलाको पहिरो, दुईतर्फी खुल्यो राजमार्ग



काठमाडौं । शनिबार बिहानको पहिरोका कारण अवरुद्ध काठमाडौं–धादिङ सीमानामा पर्ने त्रिभुवन राजमार्गअन्तर्गत झ्याप्ले खोलाको सडक खुलेको छ ।

आज (आइतबार) साँझ साढे ७ देखि दुईतर्फी रूपमा सडक खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सो स्थानमा पहिरोले सवारीसाधन पुरिँदा ३५ जनाको मृत्यु भएको छ । सडक खुलाउन शनिबार साँझदेखि सुरक्षाकर्मी निरन्तर खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्