Logo

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको हो । अघिल्लो हप्ता हरेकदिन सुनको मूल्य बढ्दै नयाँ रेकर्डमा पुग्दै आएको थियो ।
आज चाँदीको मूल्य पनि केहि ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत शुक्रबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १९ सय ४५ मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्