Logo

आयोन र केम्ट्रोनिक्सबीच सम्झौता, आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स

आयोन र केम्ट्रोनिक्सबीच सम्झौता, आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आयोन एक्सचेन्ज भारत र केम्ट्रोनिक्सबीच आधिकारिक डिलरसिपसम्वन्धी सम्झौता भएको छ । बुधवार एक कार्यक्रमवीच आयोनका तर्फबाट कार्यकारी उपाध्यक्ष दिनेश सदाशिवन र केम्ट्रोनिक्स नेपालका तर्फबाट प्रबन्ध निर्देशक विवेक शर्माले आधिकारीक डिलरसिपको संझौतापत्रमा हस्ताक्षर गरे ।
साथै नेपालका लागि नयाँ आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स नेपाल बनेको घोषणा गरे । यो संझौतापछि केम्ट्रोनिक्स नेपालले उपत्यका बाहिर आयोन एक्सचेन्चका उत्पादन, प्रबिधी र केयरको कारोबार सुरु गर्न पाउने छ ।

आयोन एक्सचेन्जको आधिकारीक केयर सेन्टर तथा डिलरसीप पाएपछि खुशी ब्यक्त गर्दै केम्ट्रोनिक्स नेपालका प्रबन्ध निर्देशक शर्माले ५२ बर्षे इतिहास बोकेको आयोन इण्डिया भारतमा पानी व्यवस्थापनका क्षेत्रमा अग्रणी कम्पनी रहेको र यसको फाइदा समग्र नेपाली औधोगिक क्षेत्रले पाउने बताए ।
उनले कुनैपनि उद्योगमा पानीको समस्या परे २४ घण्टाभित्रै सो को समाधान गर्न केम्ट्रोनिक्स नेपाल तयार रहेको पनि बताए ।

कार्यक्रममा जल व्यवस्थापन आजको औद्योगीक तथा संस्थागत विकासका लागि अत्यावश्यक रहेको आयोन एक्सचेन्जका कार्यकारी उपाध्यक्ष दिनेश सदासिवनले बताए । उनले जल सुरक्षा, प्रबिधीको प्रयोग, उपयोगहिन पानीको सदुपयोग तथा बहुउपयोग लगायतका बिषयमा आयोनले नयाँ प्रबिधी भित्र्याएको पनि जानकारी दिए ।

आयोन एक्सचेन्ज विश्वका अधिकांश मुलुकमा सेवा विस्तार गर्न सफल भैसकेको कम्पनी हो । यसको सर्भिस डिभिजनलाई एसियामा पानी व्यवस्थापनका लागि सबै भन्दा ठुलो उद्योग मानिन्छ ।

पानीको संरक्षण र अधिकतम उपयोगका लागि सहभागीतामा आधारित बिधी आवश्यक रहेको तथा औद्योगीक तथा संस्थागत र मानिसका समुदायहरु, नगरपालिका तथा पानी प्रसोधन कम्पनीहरुले त्यस्तो बिधी प्रयोग गर्न सकिने कार्यक्रममा जानकारी दिइएको थियो ।

उद्योगहरुले आफ्नो उद्योगमा भ्याल्यु एडिसन हुने खालका बिभिन्न कम्पनीका उपयुक्त पानी व्यवस्थापन प्रबिधी जडान गर्नुपर्नेमा पनि उनले जोड दिदै सदासिवनले वाटर अडिट, रिमोट मोनिटरिङ सिस्टम, वाटर ट्रिटमेन्ट प्लान्ट, अक्सिजन डिटेक्टर, मोबाइल एप्लिकेशनमा आधारित प्रबिधीहरुको उपयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्