Logo

सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार नाघ्यो, एकैदिन ५ सयको वृद्धि

सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार नाघ्यो, एकैदिन ५ सयको वृद्धि



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँ नाघेको छ । पछिल्लो समय दैनिकजसो नयाँ रेकर्डमा पुगिरहेको सुनको मूल्य आज पनि प्रतितोला ५ सयले बढ्दै १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ६० हजार ७ सय रहेको सुनको मूल्य आज बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने बिहीबारको तुलनामा स्थिर छ । नेपाली बजारमा शुक्रबार चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्