Logo

दुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै

दुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै



काठमाडौं । भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएका छन् । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति रात्रिकालिन गाडी नचलाउन निर्देशन दिएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि ९११ र १२ गते० रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्