Logo

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जनालाई दुबईमा पक्रेर नेपाल ल्याइयो

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जनालाई दुबईमा पक्रेर नेपाल ल्याइयो



काठमाडौं । ‘रेड नोटिस’ जारी भएका तीन जना दुबईमा पक्रेर नेपाल ल्याइएको छ । ठगी र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका हुन् ।

रेड नोटिस जारी भएका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहोरा, काठमाडौं नागार्जुन नगरपालिका–९ का २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्कीलाई प्रहरीले दुबईबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

बोहोरा र बुढाथोकीमाथि ठगीसम्बन्धी र कार्कीमाथि जबरजस्ती करणीको मुद्दा छ । तीनै जनालाई बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीको पत्राचार अनुसार इन्टरपोल महासचिवालयले बोहोराविरुद्ध १६ जेठ २०७९ मा, बुढाथोकीविरुद्ध २४ साउन २०७० र कार्कीविरुद्ध १२ असार २०८१ मा रेड नोटिस जारी गरेको थियो ।
भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान तथा कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्