Logo

महंगी घटेको राष्ट्र बैंकको तथ्यांक, ७.५२ प्रतिशतबाट ४.१० प्रतिशतमा झर्यो

महंगी घटेको राष्ट्र बैंकको तथ्यांक, ७.५२ प्रतिशतबाट ४.१० प्रतिशतमा झर्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकको बिहीबार प्रकाशित प्रतिवेदनअनुसार गएको साउन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा झरेको छ । गत आर्थिक बर्षको साउनमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेकोमो चालु आवको पहिलो महिनामा यो घटेको हो ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको साउनमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्