Logo

विदेशी मुद्रा संंचिति २१ खर्ब पुग्यो, करिब १७ महिनाको वस्तु आयात धान्ने

विदेशी मुद्रा संंचिति २१ खर्ब पुग्यो, करिब १७ महिनाको वस्तु आयात धान्ने



काठमाडौं । चालु आवको साउन महिनामा मात्रै नेपालको विदेशी विनिमय संचितिमा ५१ अर्ब १२ करोड रुपैयाँ थपिएको छ । गत आर्थिक बर्षको अन्तिम महिना असारसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउन महिनासम्म २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २।० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १।९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ ।

नेपालसँग भएको विदेशी विनिमय संचितिले चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा १६।७ महिनाको वस्तु आयात र १३।५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्