Logo

रेमिटान्स आप्रवाहको प्रभाव शोधनान्तर स्थितिमा, पहिलो महिनामै ४० अर्ब ९० करोडले बचतमा

रेमिटान्स आप्रवाहको प्रभाव शोधनान्तर स्थितिमा, पहिलो महिनामै ४० अर्ब ९० करोडले बचतमा



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालको शोधनान्तर स्थिति बचतमा रहेको छ । आयातको व्यापारमा भएको गिरावट र उच्च रेमिट्यान्स आप्रवाहका कारण साउन महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँ बचतमा रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांक अनुसार हाल नेपालको गत आर्थिक बर्षको साउनमा स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा शोधनान्तर स्थिति यो बर्षको साउनमा उच्च बचतमा रहेको देखिएको हो । चालु आवको साउनमा नेपालको रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ भने आयात ०.६ प्रतिशतले घटेको छ ।

यस्तै साउनमा नेपालको चालु खाता पनि ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको साउनमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

यता प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको साउनमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) २ अर्ब ६५ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्