Logo

एक महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, दैनिक भित्रिन्छ ४ अर्ब

एक महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, दैनिक भित्रिन्छ ४ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामै उक्त बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । यसलाई प्रत्येक दिनसँग भाग गर्दा नेपालमा प्रतिदिन ४ अर्ब ५० करोड रुपैयाँ भित्रिरहेको देखिन्छ । यो गत आर्थिक बर्षको साउनको तुलनामा १८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १ सय ५२ र १६ हजार ४ सय २३ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्