Logo

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात, पिनाको निर्यातमा वृद्धि

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात, पिनाको निर्यातमा वृद्धि



काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले रु ४९ करोड ५९ लाख २८ हजार मूल्यपर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ । चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ ।

त्यसैगरी, गत आवको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो । चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्