Logo

सानिमा बैंकका ग्राहकलाई सीजी डिजिटलमा सामान खरिद गर्दा २५ प्रतिशतसम्म छुट

सानिमा बैंकका ग्राहकलाई सीजी डिजिटलमा सामान खरिद गर्दा २५ प्रतिशतसम्म छुट



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्ने सीजी डिजिटल प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सीजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा १,००० रूपैयाँ बराबरको क्यास ब्याक को व्यवस्था पनि गरेको छ । (क्यास ब्याक न्यूनतम रु. ३० हजारको कारोबारमा प्रदान गरिनेछ ।)

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्