Logo

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना, ७.७८ प्रतिशत मात्रै ब्याजदर

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना, ७.७८ प्रतिशत मात्रै ब्याजदर



काठमाडौं । नेपाल बैंक लिमिटेडले सर्वसुलभ आवास कर्जा योजना ल्याएको छ । निकै सस्तो दरमा आवास कर्जा प्रदान गर्न लागेको हो । बैंकले घर बनाउन खोज्ने, घर किन्न खोज्ने र पुरानो घरलाई नयाँ बनाउन खेज्नेहरुलाई केन्द्रमा राखेर योजना ल्याएको हो ।

यो योजना निकैले चर्चित हुने समेत योजनाको अवधारणले देखाएको छ ।
पछिल्लो समय अर्थतन्त्र विस्तारै सुधार हुन गैरहेको अवस्थामा नयाँ घरको योजना गर्नेहरुलाई निकै फाइदा हुने गरि ल्याइएको पाइएको हो ।

यो कर्जा ५ वर्षदेखि २५ वर्ष सम्मको लागि प्रदान गगरिने भएको हो । बैंकका अनुसार आधार दरमा ०दशमलव ४२ प्रतिशत मात्रै प्रिमियम जोडिने छ । अहिले नेपाल बैंकको आधार दर ७ दशमलव २८ प्रतिशत रहेको छ ।

जससमा सेवा शुल्क ० दशमलव ५० प्रतिशत रहने छ । कर्जा रकम ५ लाख देखि २ करोड सम्म रहने छ ।

यसमा भवन खरिद , भवन निर्माण , भवन पुननिर्माण गर्नको लागि कर्जा पाइने भएको हो । यो कर्जा ५ दिन अवधीमा उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्