Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सूचना, विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सूचना, विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध



काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन उडाए कारबाही हुने भएको छ ।

विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचनामार्फत जानकारी दिएको छ ।

विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले बिमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न कार्यालयले अनुरोध गरेको छ ।

सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी पनि कार्यालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्