Logo

अन्तर्वार्तामा नगएका सेबोन अध्यक्षका प्रतिस्पर्धीलाई फेरि बोलाइयो, असोज १८ गते अन्तर्वार्ता तय

अन्तर्वार्तामा नगएका सेबोन अध्यक्षका प्रतिस्पर्धीलाई फेरि बोलाइयो, असोज १८ गते अन्तर्वार्ता तय



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि तेस्रोपटक सूचना प्रकाशित प्रकाशित भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले बिहीबार सूचना प्रकाशित गर्दै सर्टलिष्टमा परेका ३ उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।

समितिले छनोटसूचीमा रहेका कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईं, र ड. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि असोज गते १८ बिहान ८ बजे समय तोकेको छ।

यसअघि अन्तिम पाँचको सूचीमा समावेश भएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । हाल अर्थमन्त्रालयले यसरी दुईपटकसम्म अन्तर्वार्ता बोलाउँदा पनि उपस्थित नभएका उम्मेदवारहरूको लागि सूचना प्रकाशित गरेको हो। बोर्डमा विगत नौ महिनादेखि अध्यक्ष खाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्