Logo

भ्रष्टाचारको विरोध स्वरुप कार्यक्रम गरिदै, उपरथी रमीन्द्र क्षेत्रीलाई नागरिक अभिनन्दन

भ्रष्टाचारको विरोध स्वरुप कार्यक्रम गरिदै, उपरथी रमीन्द्र क्षेत्रीलाई नागरिक अभिनन्दन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं। भ्रष्टाचार, अनियमितताको विरोधका साथै संविधान कार्यान्वयनका लागि दलहरुलाई सकारात्मक दवाव दिँदै आएको नागरिक समूहले राष्ट्र निर्माणमा आम नागरिकको भूमिका विषयक विशेष समारोह गर्ने भएको छ । कार्यक्रम राजधानीको आर्मी अफिसर्स क्लबमा शुक्रबार दिनको २:३० बजे हुन लागेको हो ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने नागरिक समूहका महासचिव जयराम सिग्देलले जानकारी दिए । उक्त समारोहमा मुख्य सचिव सोमलाल सुवेदी, पूर्व प्रधान सेनापति रुक्मांगद कटवाल, पूर्व प्रधानन्यायाधिशहरु, न्यायाधिशहरु, अर्थविद्, सचिवहरु, संवैधानिक अंगका प्रतिनिधिहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएका छन् ।

भ्रष्टाचारका विरुद्धको अभियान संचालन गर्दै आएको नागरिक समूहले बर्सेनि राष्ट्रिय नागरिक सम्मानबाट विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई नागरिक अभिनन्दन समेत गर्दै आएको छ । शुक्रबार हुने कार्यक्रममा नेपाली सेनाका पूर्व प्रवक्ता एवं राष्ट्रिय सेवा दलका कायममुकायम निर्देशक उपरथी रमीन्द्र क्षेत्रीलाई नागरिक अभिनन्दन–२०७३ बाट अभिनन्दन गरिने महासचिव सिग्देलले जानकारी दिए ।

नागरिक समूहले यसअघि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, चर्चित हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नागरिक अभिनन्दन गरिसकेको छ भने राष्ट्रका लागि गरेको योगदान भन्दै राष्ट्रकवि माधव प्रसाद घिमिरे र निर्वाचनका आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीलाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्