Logo

एमआरपीभन्दा बढी मूल्य नलिन र मूल्यसूची पसलको अग्रभागमा राख्न व्यापारीलाई महानगरको निर्देशन

एमआरपीभन्दा बढी मूल्य नलिन र मूल्यसूची पसलको अग्रभागमा राख्न व्यापारीलाई महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न आगह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै महानगरले मूल्यसूची पसलको अग्रभागमा सबैले देख्नेगरी राख्न निर्देशन दिएको छ । व्यापार व्यवसाय गर्ने व्यक्तिरकम्पनी र निकायका लागि महानगरले यस्तो निर्देशन दिएको हो ।

यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि अनुरोध गरिएको छ । तीन बुँदे सूचना जारी गर्दै महानगरले अनुगमनका क्रममा त्यसविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा कानुनबमोजिम कारबाही गर्ने बताएको छ ।

यस्तै उपोभोक्तालाई पनि स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्