Logo

एनएमबि बैंकका ग्राहकले बुद्ध एयरमा १० प्रतिशतसम्म छुट पाउने, सहकार्यको घोषणा

एनएमबि बैंकका ग्राहकले बुद्ध एयरमा १० प्रतिशतसम्म छुट पाउने, सहकार्यको घोषणा



काठमाडौं । एनएमबि बैंकले नयाँ अफर ल्याएको छ । बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम पाँच सय रुपैयाँसम्म दिने घोषणा गरिएको हो ।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ । जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्