Logo

सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ गतेसम्म बन्द हुने

सिस्नेरी-दक्षिणकाली सडकखण्ड असोज १९ गतेसम्म बन्द हुने



काठमाडौं । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएकोहो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्