Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, पुनः नयाँ रेकर्ड कायम

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, पुनः नयाँ रेकर्ड कायम



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्