Logo

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, सोमबार हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, सोमबार हालसम्मकै उच्च विन्दुमा



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ अर्थात हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः प्रतितोला ४ सयले बढ्दै १ लाख ५९ हजार २ सयमा पुगेको छ । यो मूल्य पनि नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यता चाँदी भने सोमबार आईतबारकै मूल्यमा कारोबार भईरहेको छ । नेपाली बजारमा हाल चाँदी १९ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । यो मूल्य आईतबार पनि यति नै थियो ।

प्रतिक्रिया दिनुहोस्