Logo

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीले पठायो सूचना

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरीले पठायो सूचना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएको हो ।

रविलाई पनि आजै पक्राउ गर्ने गरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग पार्टी कार्यालय वनस्थलीमा आन्तरिक छलफलमा छन् ।

जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो । सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिए लगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ । उनलाई आजै पोखरा लैजाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्