Logo

व्यवसायी दुर्गा प्रसाईँ पक्राउ, गेट नखोलेपछि कम्पाउन्ड नाघेर भित्र छिरेको थियो प्रहरी

व्यवसायी दुर्गा प्रसाईँ पक्राउ, गेट नखोलेपछि कम्पाउन्ड नाघेर भित्र छिरेको थियो प्रहरी



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउमा परेका छन् । नेपाली प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले उनलाई आईतबार भक्तपुरबाट पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन अन्तर्गत उनलाई केहिदिन अघि पक्राउ पूर्जी जारी भएको थियो ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कम्पाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्