Logo

क्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

क्रिकेटर सन्दिप लामिछानेले सर्वाेच्चको सामना गर्नुपर्ने, पुनरावेदनमा जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय



काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले नावालिका बलात्कार मुद्धामा सर्वाेच्चको सामना गर्नुपर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले उनलाई बलात्कारको आरोपबाट सफाई दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेपछि लामिछानेले सर्वाेच्चमा पनि मुद्धा लड्नुपर्ने भएको हो ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

यसअघि उच्च अदालत पाटनले सन्दिपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्