Logo

एनसेलले भन्यो – हामीले क्लासिक टेक किनेका छैनौँ, मिडियामा कपोकल्पित समाचार आए

एनसेलले भन्यो – हामीले क्लासिक टेक किनेका छैनौँ, मिडियामा कपोकल्पित समाचार आए



काठमाडौं । नेपालको दूरसंचार सेवाप्रदायक कमपनी एनसेलले क्लासिक टेकको सेयर खरिद गरेको हल्ला झुठो भएको बताएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यससम्बन्धि बाहिरिएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको बताएको हो ।

बिहीबार केहि संचारमाध्यममा एनसेलले क्लासिकटेकको सेयर खरिद गरेको कुरा प्रकाशन भएको थियो ।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको भएपनि यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने बताउँदै यसबारेमा आफ्नो पनि स्पष्ट राय राखिदिन कम्पनीले संचारमाध्यमलाई आग्रह गरेको छ ।

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL