Logo

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL