Logo

नेपाल निर्यात परिषदको आयोजनामा फुटसल प्रतियोगिता हुने, निर्यात क्षेत्रमा संलग्नहरुको सहभागिता रहने

नेपाल निर्यात परिषदको आयोजनामा फुटसल प्रतियोगिता हुने, निर्यात क्षेत्रमा संलग्नहरुको सहभागिता रहने



काठमाडौं । नेपाल निर्यात परिषदको आयोजनामा बिहीबार फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल निर्यात परिषद्ले निर्यात क्षेत्रमा संलग्न संघ, संस्था र उद्यमी, व्यवसायीहरुमा आपसी सम्बन्धको विकास गराई नेपालकोे निर्यात प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याउने उद्धेश्यले परिषद्का पूर्व अध्यक्ष राजु श्रेष्ठको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

निर्यातयोग्य बस्तुहरुको उत्पादन तथा निर्यात व्यवसायमा संलग्न संघ,संस्था बिच प्रथम पटक मैत्रीपूर्ण 1st ECON  President  Cup   Inter Association Futsal  Tournament -2081 को प्रतियोगिता मिति बिहीबार तदनुसार बिहान ९ बजे ढुकु फुटसल हब, शितलमार्ग महाराजगंज, काठमाण्डौमा आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

सो फुटसल प्रतियोगितामा नेपाल निर्यात परिषद,नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, नेपाल उद्योग बाणिज्य संघ काठमाण्डौ, नेपाल फ्रेट फरर्वाडर्स एशोसिएसन, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ ,नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल पश्मिना उद्योग संघ,नेपाल हाते कागज संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्षहरुको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु एवं साधारण सदस्यहरुको सहभागिता सहित १० बटा संघ, सस्थाहरुको यस प्रतियोगितामा सहभागिता रहने छ ।

यस प्रकारको कार्यक्रमले आगामी दिनहरुमा निर्यात क्षेत्रमा संलग्न संघ, संस्था र उद्यमी, व्यवसायीको आपसी सम्बन्धको विकास भई नेपालको निर्यात प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याउने आशा एवं विश्वास गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL