Logo

सेयर बजारमा उच्च अंकको गिरावट कायमै, कारोबार रकम सवा ७ अर्बमा खुम्चियो

सेयर बजारमा उच्च अंकको गिरावट कायमै, कारोबार रकम सवा ७ अर्बमा खुम्चियो



काठमाडौं । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार ओरालो लागेको बजारमा सोमबार ५७ अंकले घट्न पुगेको हो ।

पछिल्लो समय बजारमा लगातार सेलिङ प्रेसर आउँदा नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको हो । सोमबार बजारमा परिसुचकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएको छ ।

दैनिक कारोबार रकम करिव ३० अर्ब रुपैयाँ पुगेको बजारमा नेप्से परिससुचकसँगै उक्त रकम समेत घट्दै आएको छ ।

आईतबार १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा सोमबार खुम्चिएर ७ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ । सोमबार उच्च अंकले घटेको बजारमा आत्मनिर्भर लघुवित्तले भने सकारात्मक सर्किट हानेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL