Logo

असोजमा पनि बैंकको ब्याजदर घट्यो, कुन बैंकको ब्याजदर कति ?

असोजमा पनि बैंकको ब्याजदर घट्यो, कुन बैंकको ब्याजदर कति ?



काठमाडौं । पछिल्ला महिनाहरुमा निरन्तर ओरालो लयमा रहेको बैंकको ब्याजदर असोज महिनामा पनि घटने भएको छ । बैंकमा अधिक तरलता र कर्जाको न्यून मागले बैंकहरुलाई ब्याजदर घटाउने दबाब छ । सोअनुसार असोज महिनाको लागि पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार भदौ महिनाको तुलनामा ८ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । यस्तै ३ वटा वाणिज्य बैंकले मात्रै ब्याजदर बढाएका छन् भने ९ वटाले भदौकै दरलाई यथावत राखेका हुन् ।

भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो । भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६ दशमलव ५४ प्रतिशत रहेकोमा असोजमा ६ दशमलव ३० प्रतिशतमा झरेको छ । २० वटा वाणिज्य बैंकमध्ये ९ ओटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका हुन् ।

आठ वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् । नेपाल र कृषि विकास बैंकले भने असोज महिनाका लागि ब्याजदर बढाएका छन् ।

एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् । प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

ब्याजदर

बैंकभदौअसोज
कृषि विकास बैंक६.०६५६.०७
राष्ट्रिय वाणिज्य बैंक६.०७६.००
नेपाल एसबीआई बैंक६.२५६.००
लक्ष्मी सनराइज बैंक६.५०६.५०
ग्लोबल आईएमई बैंक६.२५६.२५
कुमारी बैंक६.७१६.०१
प्राइम बैंक६.७५६.२५
नेपाल बैंक५.२५५.९५
सानिमा बैंक६.२०५.९०
सिटिजन्स बैंक६.७५६.४०
नबिल बैंक७.००६.७५
इन्भेस्टेमेन्ट मेगा बैंक६.५०६.५०
सिद्धार्थ बैंक६.५०६.५०
स्टान्डर्ड चार्टर्ड बैंक७.००७.००
माछापुच्छ्रे बैंक७.००७.००
प्रभु बैंक६.१०६.१०
एनएमबी बैंक७.४१६.५०
एनआईसी एसिया बैंक७.४१७.१८
एभरेष्ट बैंक६.१०६.००
हिमालयन बैंक७.००७.००

प्रतिक्रिया दिनुहोस्
MBL