Logo

सुनको मूल्य १ लाख ५७ हजार ३ सय पुग्यो, बन्यो नयाँ रेकर्ड

सुनको मूल्य १ लाख ५७ हजार ३ सय पुग्यो, बन्यो नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार सुन १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL