Logo

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, चाँदीको मूल्य १९ सय पुग्यो

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, चाँदीको मूल्य १९ सय पुग्यो



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि गत शुक्रबार एकैदिन प्रतितोला ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः प्रतितोला ५ सयले उकालो लाग्दै उच्च विन्दुमा पुगेको हो ।

गत शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५६ हजार ८ सय पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ९ सय पुगेको छ । शुक्रबार प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज प्रतितोला ४० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL