Logo

सहकारी छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

सहकारी छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनी साँझ ५ बजे सिंहदरबारस्थित संसद सचिवालयको २ नम्बर भवनको कोठा नम्बर ३१३ मा राखिएको समितिको बैठकमा सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि समितिले प्रतिवेदनलाई अन्तिम रुप दिन लागेको हो । गत जेठ १५ गते गठित समितिलाई कार्य प्रारम्भ भएको मितिले तीन महिनाको समय दिइएको थियो । तर, समय अभावपछि समितिको अनुरोधमा थपिएको अर्को १५ दिनको म्याद असोज पहिलो साता सकिँदैछ ।

हिजो समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो । उनीहरुसँग फरार व्यक्तिहरूको खोजबिन गर्न साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरिएको जनाएको छ । अहिलेसम्म सहकारी ठगीमा जोगिएको २८ जना विदेशमा फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL