Logo

टरिगाउँ विमानस्थलबाट दसैँ तथा तिहार लक्षित गरि मंगलबार पनि उडान हुने

टरिगाउँ विमानस्थलबाट दसैँ तथा तिहार लक्षित गरि मंगलबार पनि उडान हुने



काठमाडौं । दाङस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL