Logo

काठमाडौंका यी स्थानमा आज विजुली नआउने, यस्तो छ कारण

काठमाडौंका यी स्थानमा आज विजुली नआउने, यस्तो छ कारण

बिजखबर संवाददाता



काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) तीनदेखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरूद्ध हुने जनाएको हो ।

रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौद्ध सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशनभित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि, केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

त्यस्तै असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने जनाउँदै निर्धारित समयअगाडि नै काम सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा चालु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL