Logo

एकैदिन ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मुल्य हो ।

यता नेपाली बजारमा चाँदीको मूल्य पनि आज प्रतितोला ६५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो । विश्वबजारमा भने आज सुन प्रतिऔंस २५ सय ६८ डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL