Logo

असोज ४ गते अमेरिका जानुअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

असोज ४ गते अमेरिका जानुअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असोज ४ गते अमेरिकाको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL