Logo

भारु सटहीका लागि राष्ट्र बैंकले प्रक्रिया अघि बढायो, डेप्युटी गर्भनरको अध्यक्षतामा कमिटी

भारु सटहीका लागि राष्ट्र बैंकले प्रक्रिया अघि बढायो, डेप्युटी गर्भनरको अध्यक्षतामा कमिटी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय रुपियाँ सटहीका लागि समिती गठन गरेको छ । भरतीय दूताबासले नेपालमा भारुको यथार्थ प्रतिवेदन बुझाउन आग्रह गरेसँगै कमिटी गठन गरेको हो ।

राष्ट्र बैंकले भारतीय नोट सटहीका लागि आवशयक प्रक्रियासहित सुझाव प्रतिवेदन तयार गर्न डेप्युटी गर्भनर चिन्तामणी शिवाकोटीको अध्यक्षतामा समिति गठन गरेको छ । नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष,डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष र विदेशी विनिमय महाशाखाका प्रमुख सो कमिटीको सदस्य छन् ।

विहान अर्थसमितिको बैठकमा नेपालीसँग कति भारु छ त्यसको डिक्लेयरेशन फर्म मार्फत जानकारी लिनुपर्ने कुरा उठाइएको थियो । साथै त्यसरी खुलाएको रकम बैध हो वा होइन चेक गरेर मात्र सटही सुविधा दिइनु पर्ने विषय उठान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्