Logo

कोरोना बीमाको दावी भुक्तानीमा सरकारको नाममा कारण देखाउ आदेश

कोरोना बीमाको दावी भुक्तानीमा सरकारको नाममा कारण देखाउ आदेश



काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको रिटमा सर्वाेच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । कोरोना बीमावापतको करिव ११ अर्ब रुपैयाँ सरकारले भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सर्वाेच्चमा आइतबार रिट दायर गरेको थियो ।

सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ । कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बीमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

कोरोना बीमा दाबी भुक्तानीको रकमको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले सरकारलाई १५ दिन भित्र कोरोना बीमा दाबी भुक्तानीबारे अदालतले किन आदेश नदिने भन्नेबारे कारणसहित उपस्थित हुन भनेको हो ।

बीमक संघले हालेको उक्त रिट सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL