Logo

२५ अंकले घट्यो नेप्से परिसूचक, १० अर्ब १२ करोडको कारोबार

२५ अंकले घट्यो नेप्से परिसूचक, १० अर्ब १२ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० अंक विन्दुमा आइपुगेको छ ।

आइतबार २ करोड २२ लाख ६२ हजार कित्ता सेयर १० अर्ब १२ करोड २४ लाखमा खरिद बिक्री भएको छ । आइतबार सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । सो कम्पनीको आज ४२ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एचआईडीसीएल प्रमोटरको ३५ करोड ८१ लाख, ग्रीन लाइफ हाइड्रोपावरको ३५ करोड ५६ लाख, गुडवील फाइनान्सको ३३ करोड ७४ लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL