Logo

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । यसअघि गएको हप्ता शुक्रबार हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँमा झरेको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL