Logo

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु

काठमाडौं महानगरले संचालनमा ल्यायो प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’, एकद्वार सेवा प्रवाह सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित एक सेवा केन्द्र संचालमा ल्याएको छ । महानगरपालिकाले सेवाग्राहीहरुको सुविधाका लागि भन्दै आफ्ना सबै सेवाहरु एकै प्रणालीबाट दिन सकिने गरी उक्त प्रणाली संचालमा ल्याएको हो । अब सेवाग्राहीहरुले कार्यालयमा आफै उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, महानगरपालिकाको वेबसाइट वा मोवाइल एप्लिकेसनमा दिएका निर्धारित विकल्पको प्रयोग गरेर र कार्यालयका औपचारिक सामाजिक सञ्जालहरुको माध्यम प्रयोग गरेर सेवा लिन सक्ने भएका छन् ।

भौतिक रुपमा उपस्थित हुने सेवाग्राहीले कार्यालय समयमा र विद्युतीय माध्यमबाट सेवा लिन चाहनेले जुनसुकै समयमा पनि सेवाको माग गर्न सक्नुहुनेछ । यसरी सेवा माग गर्दा नाम थर र ठेगाना, सम्पर्क मोवाइल नम्बर, माग गरेको सेवा सम्बन्धी पूर्व निर्धारित फाराम भए त्यसै अनुरुप र नभए आफूले प्राप्त गर्न चाहेको सेवा उल्लेख गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL