Logo

आईएमई विप्रेषण क्षेत्रको उत्कृष्ट करदाता, अध्यक्ष ढकालले थापे सम्मान

आईएमई विप्रेषण क्षेत्रको उत्कृष्ट करदाता, अध्यक्ष ढकालले थापे सम्मान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा आज आयोजीत पाँचौं कर दिवसको अवसरमा आईएमईलाई विप्रेषण क्षेत्रमा बढी आयकर बुझाउने कम्पनीको रुपमा सम्मान गरेको हो ।

रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे वापत नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरे । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको छ ।

कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी देशभर ५ हजार २ सय भन्दा बढी शाखा/सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्