Logo

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९७४ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना

अष्ट्रेलियाको पर्थमा आइतबार ‘१९७४ एडी’ को लाइभ कन्सर्ट हुँदै, शाशा इन्टरटेनमेन्टको आयोजना



काठमाडौं । नेपालकै प्रख्यात रक ब्यान्ड ‘१९७४ एडी’ ले आइतबार ‘यो मन त मेरो नेपाली हो लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । सांगीतिक यात्राको ३० वर्ष मनाउँदै गरेको ‘१९७४ एडी’ ले आफ्नो ‘यो मन त मेरो नेपाली हो’ चर्चित गीतको ३० वर्ष पूरा गरेको छ ।

शाशा इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रममा नेपाली संगीत मन पराउनेहरुका लागि शानदार लाइभ संगीतको आनन्द लिन सकिने बताइएको छ । आयोजकले ‘१९७४ एडी’ को पूर्ण–ब्यान्ड लाइन–अप हेर्न यो दुर्लभ मौका भएको बताउँदै सँगै इतिहास रच्न अनुरोध गरेको छ ।

कार्यक्रम पर्थ मेट्रो सिटीस्थित कन्सर्ट क्लब हलमा सेप्टेम्बर ८ मा साँझ ८ बजे शुरु हुनेछ । आयोजकका अनुसार हाल फाइनल टिकट विक्रि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL