Logo

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढ्दै १७ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL